Indrenionline.com

घोराही १६ को वडा भवनको शिलन्यास

घोराही, ३० चैत्र । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडा कार्यालयको भबन निर्माण थालेको छ । निर्माण हुन थालेको भवनको बिहिबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने र वडा अध्यक्ष लछिनप्रसाद बुढाले संयुक्तरुपमा सिलन्यास गर्नुभएको छ ।

सानीअम्बापुरको मुना टोलमा करिब ६७ लाख रुपैयाँको लागतमा चार कोठे भवन निर्माणको काम थालिएको हो । चालु आर्थिक बर्ष भित्रै निर्माण सक्ने गरी काम सुरुभएको वडा अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

सिलन्यास पछि नगर प्रमुख चौधरीले समयमै गुणस्तरी र बलियो भवन बनाउन आग्रह गर्नुभएको छ । सबै सेवाग्राहीहरुलाई सहज हुने गरी भवन निर्माण गर्न समेत आग्रह गर्नुभएको छ । साथै नगर प्रमुख चौधरी अन्य केही वडाहरुको भवन पनि यसै आर्थिक बर्षमा निर्माण हुने गरी तयारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु राजनितिक दल तथा खानेपानीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । आफ्नै भवन नहुने वडा नम्बर १६ ले सर्रामा घरभाडामा लिएर कार्यालय सञ्चालन गरेको छ ।