दाङ, २९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ दाङले उपभोक्ताहरुको पक्षमा स्थानीय तहसँग सम्वयन्य गरी अघि बढ्ने निर्णय गरेको छ । वन महासंघ दाङको आज बिहिबार घोराहीमा सम्पन्न १४ औ पूर्ण बैठकले राज्यको पुर्नसंरचना अनुसार सामुदायिक वनका उपभोक्ताहरुको अधिकारलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षता एंव वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको बैठकले वनका अधिकार सुनिश्चितका लागि स्थानीय तहसँग नीतिगत पैरवी गर्ने निर्णय गरेको छ । उपभोक्तालाई वन पैदावारको सहज आपूर्तिकालागि आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ । आउदै गरेको नयाँ बर्ष–२०७५ को अवसरमा बैठकले सवैमा शुभकामना समेत ब्यक्त गरेको छ ।
