दीपक बोहरा
तुलसीपुर २८ चैत । तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य दिपक कुमालले जन्मदिनको अवसरमा असहाय बालबालिकालाई सहयोग गरेका छन् । तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल बिकास केन्द्रमा बस्दै आएका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेका हुन् । बुधबार परेको जन्मदिनको अवसरमा कुमालले असहाय बालबालिकालाई झोला, कपी, कलम वितरण गरेका हुन् ।
उनले प्रत्येक बर्ष जन्मदिनमा असहाय बालबिकास केन्द्र बिजौरीका बालबालिकालाई २० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख देवराज बिश्वकर्मा, कार्यपालिका सदस्य अमर नेपाली ‘माईकल’, वडा नंबर १८ का अध्यक्ष माधव वली, अखिल क्रान्तिकारी दाङका सह–संयोजक सुवास बस्नेत, असहाय बालबिकास केन्द्र बिजौरीका कोषाध्यक्ष सिमा वलीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच केन्द्रका अध्यक्ष बिष्णु चौधरीले जन्मदिनमा सामाजिक काम गरेको भन्दै धन्यवाद पनि दिए । उनले जन्मदिनमा अनाबश्यक फजुल खर्च गर्नुभन्दा पनि सामाजिक काममा लगाउनुपर्ने बताए । अब मुलुक नयाँ मार्गमा अगाडि बढिरहेको भन्दै जन्मदिन मनाउने शैलीपनि बदलिनुपर्ने बताए ।