तुलसीपुर, २७ चैत । संघीयता र वन व्यवस्थापन सम्बन्धी अध्ययनका लागि नेपालबाट तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे मेक्सिको पुगेका छन् । नेपालबाट दुई जना नगरप्रमुखको मात्रै सहभागिता रहेकोमा पाण्डे पनि परेका हुन् ।
त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले दिगो वन व्यवस्थापनका साथै वनमा आधारित उद्योगको विकासले नेपाललाई समृद्ध वनाउन सक्ने वताए ।
‘संघीयतामा प्राकृतिक स्रोतको वाँडफाँड कस्तो हुन्छ भन्ने कुरालई हामीले गहिरोसँग अध्ययन गरिरहेका छौ ’ नगरप्रमुख पाण्डेले वताए । प्राकृतिक स्रोतसाधनको उपयोग तथा केन्द्र ,प्रेदश र स्थानीय सरकारबीच प्राकृतिक स्रोत साधनको वैज्ञानिक बाडफाडको विधि बारे जानकारी लिन १० दिने भ्रमणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारका प्रतिनिधी त्यहाँँ पुगेका हुन । टोलीमा नगरप्रमुख पाण्डेसँगै प्रतिनिधि सभाका सदस्य पार्वत गुरुङ , घनश्याम खतिवडा, कमला रोका, ।
यसैगरी राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, प्रदेश सभा सदस्य भुमिश्वर ढकाल, मुनु सिग्देल, बनेपा नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु रहेका छन् ।
अमेरिकामा प्राकृतिक स्रोत साधनको खोज तथा यसको उपयोगको सम्वन्धमा काम गरिररहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था राइट एण्ड रिसोर्स इनिसिएटिभ( आरआरआई( को व्यवस्थापनमा नेपालमा कार्यरत ग्रिन फाउन्डेशन नेपालको पहलमा टोलीले अमेरिकाको समेत प्राकृतिक स्रोतको बाँडफाडको जानकारी लिएको प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।