दीपक बोहरा
तुलसीपुर २० चैत । तुलसीपुर उपमहानगरपालिकाले शहकारी ऐनको मस्यौदा तयार पारेको छ । तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य टोप बहादुर केसीको संयोजकत्वमा बनेको समितिले सहकारी ऐन मस्यौदा तयार पारेको हो ।
६१ औं राष्ट्रिय शहकारी दिवसका अबशरमा तुलसीपुरमा सबै सहकारीकर्मीहरु तथा सरोकारवालाहरुबाट सुझाब संकलन गरिएको छ । संकलन गरिएका सुझाबहरुलाई आबश्यक अनुसार सम्बोधन गरिने संयोजक केसीले बताए । दिवसका अवसरमा जिल्ला सहकारी संघ दाङले शहकारी मस्यौदा सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
जिल्ला सहकारी संघका उपाध्यक्ष शेशुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमख घनश्याम पाण्डेले सहकारीको माध्यामबाट गरिबिको अन्त्य गर्न सकिने भन्दै प्रभाबकारी रुपमा सहकारी सञ्चालनका लागि देशभरकै उत्कृष्ठ ऐन बनाउने बताए ।
उनले उदेश्य अनुसार सहकारी सञ्चालन नहुँदा सम्म सहकारी सञ्चालन नहुँदा सम्म सहकारीको माध्यामबाट बिकास सम्भव नहुँने बताए । ‘ दुघ्द्ध शहकारी संस्था सञ्चालन गरेका सहकारीकर्मीले बजारबाट किनेर दुध खाने गर्नुभएको छ’ उनले भने ‘ तर अब दुघ्द्ध सहकारी सञ्चालन गरेकाले आफै दुध उत्पादन गरेर त्यही दुध प्रयोग गर्नुपर्छ ।’ यसो गर्न सकिएमात्रै सहकारीबाट आत्मनिर्भर बन्न सकिने उनको तर्क थियो ।