इन्द्रेणी संवाददता
घोराही, २० चैत । मुक्त कमैया युवा जागरण समाज दाङले विभिन्न माग राख्दै घोराही उपमाहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
सम्पुर्ण मुक्त कमैया बालबालिकालाई उच्च तहसम्म गुणस्तरीय अनिवार्य शिक्षको व्यवस्था हुनुपर्ने, नीति अनुसार निःशुल्क शिक्ष कार्यन्वयन नगर्ने संस्थाहरुलाई क्षतिपुर्तिको व्यवस्था हुनुपर्ने, गाउँपालिका तथा नगरपालिकामा हरेक वर्ष ५ प्रतिशत मुक्त कमैयालाई प्राविधिक शिक्षको लागि निःशुल्क व्यवस्था गरिनुपर्नेलगायतका माग रहेका छन् ।