सल्यान, १८ चैत । पूर्ण खोपयुक्त गाउँपालिका घोषणाका लागि सल्यानको कपुरकोटमा खोप समन्वय समिति गठन गरिएको छ । आइतबार स्वास्थ्य चौकी धनवाङ, कपुरकोटको आयोजनामा भएको कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि वडास्तरीय समिति गठन गरिएको हो ।
उक्त अवसरमा बोल्दै कपुरकोट गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले समितिले नियमित खोपबाट कुनै पनि बच्चा नछुटोन् भनेर समितीले काम गर्ने विश्वास व्यक्त गर्दै बालवालिकालाई सुरक्षित बनाउने अभियानमा लाग्नुपर्ने बताएका थिए । पूर्ण खोप घोषणाका लागि सबैको साथ आवश्यक रहने उनको भनाइ थियो ।