दाङ, १८ चैत । घोराही उप महानगरपालिका वडा नम्वर ७ का सवै टोलमा टोल बिकास संस्था गठन गरिने भएको छ । वडा समितिको आज सौडियारमा बसेको बैठकले वडा तथा उप महानगरपालिकाले सञ्चालन गर्ने बिभिन्न सचेतना अभियान,बिकास निर्माण, सामाजिक जागरणमा सहयोग पू¥याउन टोल बिकास संस्था गठन गर्ने निर्णय गरेको हो ।
यस्तै यही चैत्र २० गते मा.वि.सौडियारमा हुने वडा स्तरिय खेलकुद प्रतियोगिताका लागी अमित चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएकाले सो समितिलाई प्रतियोगिता सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको छ ।