Indrenionline.com

यात्रु तानातान गर्ने सहचालक पक्राउ

तुलसीपुर १६ चैत । यात्रु तानातान गर्ने ४ जना सहचालकलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ । गाडी सहचालकहरुले यात्रुहरुलाई तानातान गर्ने गरेको ब्यापक गुनासो आउन थालेपछि गन्तब्यमा हिडेका यात्रु तानातान गर्ने सहचालकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डिएसपी प्रकाश सापकोटाले बताए । प्रहरीले बुधबार र बिहिबार दुई दिनमा चार जना यात्रुलाई तानातान गरिएको सापकोटाले बताए ।

तुलसीपुर– घोराही सडक खण्डमा यात्रुलाई तानातान गरेको आरोपमा बुधबार पुरन जिसी र अर्जुन चौधरी पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई बिहिबार नै यस्तो गल्ति नदोहो¥याउने सर्तमा छोडिएको हो । त्यस्तै बिहीबार पनि दुई जना सहचालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सरद पुन र महेश भण्डारी रहेको प्रहरीले बताएको छ । यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी सापकोटाले आफु आए पछि भएका उपलब्धिका बारेमा जानकारी गराएका थिए । आफ्नै निवासमा पत्रकार सम्मेलन गरी सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रगति बिवरण प्रस्तुत गर्दै प्रमुख सापकोटाले आफु आएदेखि तुलसीपुरमा अपराधिक गतिबिधिमा कमी आएको दावी गरे ।