Indrenionline.com

उमेशचन्द्र प्रतिष्ठान दर्ता गरिने

घोराही, १५ चैत । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको योगदानको संरक्षण र प्रचार प्रसार गर्नका लागि गठन गरिएको उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान दर्ता गरिने भएको छ ।

केही समय अघि गठन गरिएको प्रतिष्ठानको पहिलो बैठकले प्रतिष्ठानको विधान तयार गरेर दर्ता गर्ने निर्णय गरेको छ । अध्यक्ष विकीरण गौतमको अध्यक्षतमा बसेको बैठकले महासचिव सुरामणि बेल्वासेको संयोजकन्वमा विवेक श्रेष्ठ र शरद अधिकारी रहेको विधान मस्यौदा तयार समिति गठन गरेको हो ।

यस्तै उमेशचन्द्र थापासंग सम्वन्धित सामग्री संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसका साथै उमेशचन्द्र थापासंग सम्वन्धित ऐतिहासिक विषय उपलव्ध गराइदिनका लागि सवैलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको कार्यालय खोल्ने निर्णय गरेको छ । जसका लागि नेकपा एमाले दाङको भवन भरतपुरमा कार्यालय स्थापना गर्नका लागि आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको प्रतिष्ठानका महासचिव सुरामणि बेल्वासेले जानकारी दिनुभयो ।