Indrenionline.com

हाप्किडो संघको अध्यक्षमा अविनाश

दाङ, १४ चैत १४ । नेपाल मार्शल आर्टस् हाप्किडो संघ दाङको प्रथम साधारण सभा दाङको घोराहीमा सम्पन्न भएको छ ।

सभाले अविनाश घर्तीको अध्यक्षतामा १३ सदस्य नेपाल मार्शल आटर््स हाप्किडो संघ दाङ गठन गरेको छ । संघको उपाधयक्षमा ईमरान सिद्धिकी,सचिव भूपेन्द्र रोका मगर,कोषाध्यक्ष ढाट बुढा मगर, सहसचिव बिमला पुन मगर रहेका छन् ।

संघको सदस्यहरुमा जेसिका पुन मगर, महेश बाठा मगर,मनोज पुरी,केशब बढा मगर,कष्णा सुनार लगाएत रहेका छन् ।
कार्यक्रममा नेपाल मार्शल आर्टस् हाप्किडो संघका केन्द्रिय सदस्य हरिवहादुर सुनारले खेलकुदको विकासका लागि यसले महत्व पूर्ण भुमिका खेल्ने वताए ।

नेपालमा यसको विकास तिव्र गतिमा भैरहेको वताउँदै त्यसको विकास र विस्तार अहिलेको मुख्य आबश्यकता भएको औल्याए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कैलाश रोका, खेल प्रेमी कुलबहादुर घर्ती, रफिक साईड, लगायतले आफ्ना विचार राखेका थिए ।