Indrenionline.com

रेडियो सञ्जिवनी तेस्रो वर्षमा प्रवेश

तुलसीपुर, १३ चैत । दाङको तुलसीपुरमा सञ्चालन हुँदै आएको रेडियो सञ्जिवनी आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७२ साल चैत १३ गतेदेखि रेडियो सञ्जिवनीले आफ्नोनियमित प्रसारण सेवा शुरु गरेको थियो ।

रेडियो तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुवेदीले सञ्चार माध्यमले सत्य तथ्य समाचार सम्प्रेसन गरेर समाजलाई सुसुचित गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माननिय मुख्य न्यायाधिस सुवेदीले ‘न्यूजनमा भ्यूउज’ हुन नहुने बताए । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।