Indrenionline.com

आगलागीका जोखिमबाट बच्न उपमहानगरपालिकाको आग्रह

घोराही, १२ चैत । घोराही उपमहानगरपालिकाले गर्मी र हावाहुरी चल्ने मौसममा आगलागिका जोखिमहरु बढ्ने भन्दै साबधानी अपनाउन नगरबासीहरुलाई अनुरोध गरेको छ ।

उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सोमबार एक विज्ञप्ती जारी गरि गर्मी मौसममा हुने आगलागीबाट बच्न र बचाउन नगरबासीलाई अनुरोध गरेका हुन् ।

हावाहुरी र सुख्खा मौसम सुरुवात भएकोले आगलागी, डढेलो तथा अन्य विपद्का घटना घट्न सक्ने उच्च जोखिमहरु रहेको भन्दै मेयर चौधरीले सबै नगरबासीलाई सचेत रहन आग्रह गरे ।

आगो बालेपछि राम्ररी निभाउने, सलाई, लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाहरुले नभेट्ने ठाउँमा राख्ने, चाँडै आगलागी हुने पेट्रोल, मट्टितेल, डिजेल, दाउरा, पराल आगोबाट टाढै राख्ने, बिजुलीको तार सर्ट नहुने गरी व्यवस्थापन गर्न समेत मेयर चौधरीले विज्ञप्ति मार्फत आग्रह गरे ।