इन्द्रेणी संवाददाता
दाङ, १२ चैत । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको बिकासका लागि प्रदेश सरकारले बजेट विनीयोजन गर्ने बताएका छन् । बबई गाउँपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि योजना निर्माण गर्न आग्रह गरे ।
गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारले सबै स्थानलाई न्यायचित रुपमा बिकासका पुर्बाधारलाई ध्यान दिने मुख्यमन्त्री पोखरेलले बताए ।