दाङ, ९ चैत । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रशासनीक कार्य सञ्चालनका लागि पुरानै समितिलाई जिम्मेवारी दिइएको छ ।
फागुन २० गते मनोनयन दर्ता भएतापनि अध्यक्षका प्रत्यासी प्रदीप गौतम र विनयकुमार पोख्रेलका विषयमा दाबि विरोध परेपछि निर्वाचन समिति निर्वाचन प्रक्रिया अघि बढाउन सकेको छैन ।
संस्थाका कार्यालय प्रमुख मदनमणि पोख्रेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । साथै तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन समितिलाइै आग्रह गर्ने निर्णय गरेको छ ।