दाङ ९ चैत । जिल्ला समन्वय समितिले जिल्लामा सञ्चालन भैराखेको ‘एस इ इ’ परीक्षाको अनुगमन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको टोलीले गोग्ली र चौघेरा परीक्षाकेन्द्रको अुनगमन गरेको उपप्रमुख श्रीधर शर्मा पौडेलले वताए । परीक्षमा मर्यादित र शान्तिपुर्ण भएको उनले वताए ।
![l8NnLahf/ l:yt sGof pRr dfWofdLs :s'ndf cfh af6 ;~rfng ePsf] P;Pn;L k/LIff lbb} ljBfyL{x? . tl:a/ M k|bLk/fh jGt,/f;;](http://indrenionline.com/wp-content/uploads/2016/11/1459402293450_Pro_Ktm_SLC-EXAM-6-001-300x200.jpg)
विहीवारदेखि शुरु भएको परीक्षाको दोस्रो दिन अर्थात शुक्रवार विद्यार्थीले अनिवार्य नेपाली विषयको परीक्षा दिएका थिए । यस वर्ष जिल्लामा ११ हजार ६ सय १० जना विद्यार्थीले परीक्षमा सहभागि भएका छन् । ६ हजार १ सय ९४ जना छात्राहरु र ५ हजार २ सय ३७ जना छात्र सहभागि छन् । यसैविच जिल्ला समन्वय समितिले परीक्षाको अनुगमनमा समन्वय हुन नसकेको भन्दै जिल्ला शिक्षा कार्यालय र परीक्षा बोर्डलाई समन्वय गरेर जान निर्देशन गरेको छ ।