इन्द्रेणी संवाददाता
दाङ, ८ चैत । आजदेखि कक्षा १० को एसइइ परीक्षा शुरु हुँदैछ । देशभरबाट परीक्षामा ४ लाख ८५ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
विहान ८ बजेदेखि शरु हुने परीक्षामा आज पहिलो दिन अनिवार्य अग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्ष जिल्लामा परीक्षाका लागि ४३ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परीक्षा चैत १८ गतेसम्म चल्नेछ ।