सल्यान, ७ चैत । वास आपुर्ति श्रृङ्खला सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार विहान सल्यानको कपुरकोटमा सम्पन्न भएको छ । सुआहारा कार्यक्रमले स्थानीय व्यापारि, आपुर्तिकर्ता र उद्यमिहरुको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सरसफाइका बारेमा सबै जिम्मेवार बन्नुपर्ने भन्दै सरसफाइ तथा स्वच्छता कायम गरेमा मात्रै समाज समृद्ध बन्ने धारणा राखे । सुआहाराका जिल्ला सरसफाइ अधिकृत किरण ढुंगानाले सहजिकरण गरेको कार्यक्रममा सुआहाराका जिल्ला कार्यक्रम संयोजक हरि घिमिरेले सबैले हातेमालो गरेर सरसफाइ अभियानमा अघि बढेमा स्वस्थ र समृद्ध समाज बन्ने धारणा राखे ।
कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा, सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा लगाएत स्थानी व्यापारि, उद्यमि र सरसफाइका सामान आपुर्तिकर्ताहरुको सहभागीता थियो । उनीहरुले सरसफाइका सामाग्री उपभोक्तामाझ सहज रुपले पुर्याउनका लागी आआफ्नो क्षेत्रबाट भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।