Indrenionline.com

तुलसीपुर उपमहानगरपालिकाको नगरसभा चैत २३ मा

तुलसीपुर, ६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभाको अधिवेशन चैत २३ गतेदेखि हुने भएको छ ।

मंगलवार नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको नगर कार्यपालिकाको २४ औ वैठकले यस्तो निर्णय गरेको हो । नगर सभा सञ्चालन कार्यविधि २०७४ मा पहिलो नगर सभा सञ्चालन भएको ९ महिना भित्रमै दोस्रो नगरसभा गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसैगरी बैठकले तुलसीपुर बसपार्कमा निर्माण भएको सटर भाडा सम्बन्धमा पुनः टेण्डर खोल्ने निर्णय समेत गरेको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ मा रहेको विरेन्द्र मावि भ्युडहर सुनपुरलाई राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालन गर्नका लागि दुई लाख रुपैया सहयोग गर्ने समेत निर्णय गरेको प्रवक्ता श्याम डाँगीले वताएका छन् ।