Indrenionline.com

न्यून भार क्षमताको सडकमा वाइपास दिदा फुट्यो सडक (फोटो फिचर)

इन्द्रेणी संवाददाता
घोराही, २७ फागुन । दाङको घोराहीस्थित तुलसीपुर चोकदेखि सहिद गेटसम्मको सडक निर्माण भइरहेको छ । सडक निर्माणको लागि केही दिनदेखि उक्त सडकमा सवारी आवागमन बन्द गरिएको छ ।

त्यसको विकल्प जिल्ला अदालत हुँदै मेचिकाली–कटहरबोट सडकलाई वाइपासको रुपमा प्रयोग गरिएको छ । तीन–चार दिनदेखि माथिल्लो मेनरोडमा चल्नेजती सबै सरावीका साधन वाइपास भएर जाने गरेका छन् । न्यून भार क्षमता भएको सडकमा क्षमताभन्दा वढीका सवारीसाधन गुड्दा सडक जिर्ण बनेको छ । तीन–चार दिनमै सडक चराचरा भएर फुटेको छ ।

फोटो /उदय बीसी