Indrenionline.com

अग्नी पीडितलाई राहत प्रदान

घोराही, २४ फागुन।  घोराही उपमहानगरपालिका १९ बाम्ला धनडाँडाका अग्नी पिडितहरुलाई रेडक्रसले राहत सामाग्रि प्रदान गरेको छ । केही दिन पहिले आगलागी हुदा दुई परिवारका तीन घर जलेर नष्ट भएका थिए । घोराही उपमहानगरपालिकाका समन्वयमा रेडक्रसले त्रिपाल, कम्बल, बाल्टीन, डोरी, काँचो कपडा र भाँडाहरु उपलब्ध गराएको हो ।

उक्त रातह सामाग्रि पिडित डिला रावत र विरबहादुर बिकलाई नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, रेडक्रस घोराही सभापति थम्मन चौधरी, वडा सदस्य जंग रोकाले प्रदान गर्नुभएको हो ।

यस अघि अग्नी पिडितलाई घोराही उपमहानगरपालिकाले आबस्यक खाद्यान्न सामाग्रि उपलब्ध गराएको थियो । त्यस्तै घोराही २ भुजीडाँडामा आगलागिबाट २ घर जलेका पिडितहरुलाई पनि उपमहानगरले खाद्यान्न सहयोग गरेको छ । उपप्रमुख सीता न्यौपाने, विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर २ का अध्यक्ष केशब आचार्य सहितको टोलीले अग्नी पिडितलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो ।