तुलसीपुर, २४ फागुन । बृद्ध सेवा समितिको भवन स्तरोन्नती गर्ने उदेश्यले तुलसीपुरमा महायज्ञ लगाउन शुरु गरिएको छ । महायज्ञको बिहिबार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
महायज्ञ उद्घाटन गर्दै धर्मको नाममा आफनो जय र अर्काको पराजय माग्न नहुने बताए । तुलसीपुर उपहानगरपालिका १२ रझेनामा आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै मेयर पाण्डेले घर्म भनेको चिनारी भएको भन्दै पाण्डेले धर्मलाई समाजिक हितका लागि प्रयोग गर्नुपर्ने बताए ।
अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा महिला अधिकारकर्मी सुष्मा गिरी, जग्गादाता नारायण प्रसाद गौतम, शिक्षाप्रेमी माधव लामीछाने, तुलसीपुर उपमहानगरापलिका – १२ का वडा अध्यक्ष श्याम डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इन्द्र बहादुर बुढाथोकीले गरेका थिए ।
