Indrenionline.com

राप्ती समितिका १७ औ अधिवेशनको तयारी पूरा

इन्द्रेणी संवाददाता

दाङ, २४ फागुन । राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिको ३७ औ साधारणसभा तथा १७ औ अधिवेशनको तयारी पूरा भएको छ ।

भोली दाङको तुलसीपुरमा हुने अधिवेशनको सबै काम पूरा भएको समितिले जनाएको छ । अधिवेशनको उदघाटन भोली बिहान ८ बजे यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले गर्ने कार्यक्रम छ ।