सल्यान, २४ फागुन । नयाँ संघीय संरचनाअनुसार जिल्ला कृषि विकास कार्यालय सल्यानले जिल्लाका विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरु स्थानीय सरकारलाइ हस्तान्तरण कार्य शुरु गरेको छ ।
राज्य पुनसंरचनासंगै गाउँ गाउँमा रहेका कृषि, पशुसेवा केन्द्र स्थानीय तहको शाखाको रुपमा रुपान्तरण भएका छन् । यसअघि कृषि सेवा केन्द्रहरु जिल्ला कृषि विकास कार्यालय अन्तरगत थिए ।
क्षेत्रीय कार्यालयको पत्रानुसार शुरुमा कृषि विकास कार्यालयले कृषि सेवा केन्द्र कपुरकोट स्थानीय तहलाइ हस्तान्तरण गरिएको हो । अव जिल्लाका अन्य ५ वटा सेवा केन्द्र र ३ वटा सम्पर्क कार्यालय पनि यहि फागुन भित्र स्थानीय सरकारलाइ हस्तान्तरण गरिने वरिष्ट कृषि विकास अधिकृत शर्माले बताए ।
शर्मा र कृषि विकास कार्यालयका नासु दिवाकर योगीले कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन र प्रमुख प्रशसकिय अधिकृत सुवास रिजाललाइ सेवा केन्द्रको सम्पत्ती विवरण हस्तान्तरण गरिएको पत्र उपलब्ध गराएका थिए ।
सम्पत्ती बुझ्दै गाउँपालिकाका अध्यक्ष सेनले पशु सेवा शाखाका हरेक सम्पत्तीको संरक्षण गरिने जनाउँदै कृषकहरुलाइ सहज सेवा सुविधा प्रदानमा कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।