Indrenionline.com

पत्रकार वास फोरमले भान्सा, शौचालय र पानीको अनुगमन गर्ने

गोविन्द खड्का
घोराही, २४ फागुन । भान्सा शौचालय र खानेपानीको अबस्था बुझ्न सरसफाइ पत्रकारहरुको टोली घोराही १४ मा खटिने भएको छ । पत्रकार वास फोरम दाङका संयोजक गोविन्द खड्काको अध्यक्षतामा बुधवार बसेको बैठकले विद्यालय, अस्पताल र होटलको सरसफाइ अनुगमन गर्ने निर्णय गरेको हो ।

टोलिले सफा होटेलहरुमा गएर अध्ययन गर्ने भएको छ । सफा होटलका भान्सा, खानेपानी र शौचालयको अबस्था संग फोहर होटलको तुलना गर्ने छ । वडा सचिव तिलकराम डा“गिका अनुसार सबैजसो होटलमा पुग्ने गरी कार्यक्रम मिलाईने छ । खुला रुपमा राखिएका परिकार बेच्ने, धुलो, मच्छड, झिंगा भन्किएका समोसा, जेरी, पुरी बेच्नेहरुलाई निगरानी गर्न सरसफाइ पत्रकार टोलि लाग्ने छ । केहि दिन भित्र घोराही १४ भित्रका सबै नास्ता पसलहरुलाई खुला राखिएको खानेकार बेच्न बाट प्रतिबन्ध लगाईने छ । सफा होटल घोषणा गरीने छ ।

कतिपय नास्ता पसल सन्चालकहरुले खुला नराखेको खानेकुरा ग्राहकले नदेख्ने र विक्री नहुने तर्क गरेका छन् । उनिहरुले गाउ घर बाट आएकालाई यहि राम्रो हुन्छ भन्दै अटेरी गरेको वडा कार्यालयले बताएको छ । शोकेश भित्र राखिएको परिकारलाई बासी भन्ने ग्राहक रहेको केहि सन्चालकहरुको दाबि छ । केहि वर्ष अघिको अबस्था त्यसतो रहेपनि अहिले व्यवसायीकोे दाविमा सत्यता छैन । खुला खानेकुरा प्रदुहित हुन्छ र खानुहुन्न भेन्न चेतना व्यक्ति व्यक्तिमा पुगेको छ । होटल वाला संग हात मिलाउदा फोहर सर्ने र त्यहि हातले खानेकुरा दिंदा आफ्नो फोहर खाईने बारे धेरैजना जानकार रहेको सरसफाई अभियान्ताहरु बताउछन् । चिकित्सक र नास्तापसल वाला संग हात नमिलाउने सचेत व्यक्तिहरु खुला परिकार खा“दैनन् ।

सबै टोल वस्तिमा पुर्ण सरसफाइ अभियान तिब्र रुपमा चलेको बेला केहि व्यापारीहरुले पुरानै सोंच पालेको वडा कार्यालयको दावि छ । बजारका फोहर नाला, केहि ठाउ“का खुला सेफ्टी टंकीले झिंगाहरु बृद्धि भएको, कतिले शौचालय र ढल कुलो तथा नालामा बगाएको जस्ता फोहरी समस्या वडामा आउने गरेको बताईएको छ । त्यहि फोहर क्षेत्रमा जेरी समोसा, पकौडी, उमालेकोे चाउमिन, र मासु लगाएतका परिकार खुला राख्नु गलत भएको बताएको छ । त्यसलाई हटाउन पनि पत्रकारहरु बाट अनुगमन गराई उचित कदम चाल्ने वडाले जनाएको छ ।
ठुला होटलहरु हरेक ग्राहक उठेपछि हार्पिकले टेवुल पुच्छन् ।

सबै टेवुलहरुमा हात मुख पुच्छनका लागि नेपकिन पेपर राखेका हुन्छन् । साना होटलहरु तथा नास्ता पसलमा काटा चमच दिन चलन भेटिन्न । पकौडि टिप्ने सिन्को दिन पनि लोभ मान्ने नास्तापसलहरु वडा क्षेत्रमा रहेका छन् । अबका ग्राहकहरु हातले नछोएरै खान खोज्छन् । नधोएको हात फोहर हुन्छ भन्ने चेतनाको विकास भएको छ । पसल सन्चालकहरु भने आफ्ना कमजोरी देख्दैनन् बजारीया ठान्छन् । नुहाउने फुर्सद नभएका, नङ नकाटेका, कपाल फाल्न जान नभ्याउने कन्याउदै त्यही हातले समोसा बा“ड्दै गर्ने केहि छन् । उनिहरुको आनीवानी सुधार्न पनि अनुगमन हुने वास फोरमका सदस्य पत्रकार अमर राज आचार्यले जानकारी दिनुभयो । कुनै पनि बन्द हडताल र सार्वजनिक विदाको असर नपर्ने होटल तथा नास्तापसलहरुमा काम गर्ने साहु, भाडा धुने पानी भेर्ने कामदार, कुक वेटर लगाएतको अनुगमन गरी स्वच्छताको अबस्था हेर्ने वास फोरमका अर्का सदस्य पत्रकार देव यादले जानकारी दिनुभयो ।

विद्यालय क्षेत्रका खेलमैदान भित्र फोहर तथा कसिंगर हट्दै गरेका छन् । शौचालयहरु सफा गरीन्छन्, तर विद्यार्थीले फोहर बाहिर नफाल्ने बातावरण बनेको छैन । केहि विद्यालयमा सुरक्षित खानेपानीको अभाव छ । घोराही १४ का अध्यक्ष शक्तिराम डा“गिका अनुसार वडा कार्यालयले विद्यालय अनुगमनलाई तिब्रता दिएको छ । व्यवस्थापन समितिहरुलाई सकृय बनाएको छ । जिम्मेवारी पुर्वक काम नगर्नेहरु अभिवावकहरु बाट विस्थापित भएका छन् । जनप्रतिनिधिको उपस्थिति पछि भएको परिवर्तनलाई दिगोपनका लागि निरन्तरता दिन पनि अनुगमन चाहिएको अध्यक्ष डागिको भनाई छ । केहि दिनमै शुरु गर्ने गरी वडा कार्यालयले तयारी थालेको छ ।

सबैजसो टोलविकास संस्थाहरु पुनरगठित भएका छन् । बैठक बस्नै नसक्ने निष्कृय टोलहरुलाई विघटन गर्न वडा कार्यालयले ताकेता गरेको छ । आफुले गर्न नसक्ने काम वडा कार्यालयमा सिफारीस गर्न तर गतिविधि चलाउने सबै टोलहरुलाई सुचना दिएको छ् । सार्वजनिक स्थलमा अरुलाई नकारात्मक प्रभाव पार्नेगरी गतिविधि गर्न रोक लगाएको छ । गरिहाले आवश्यक कार्वाहि गर्न पुग्छ । अभियानलाई केहि टोलहरुको आलस्यताले अवरोध गर्न खोजेपनि असफल भएका छन् । छिमेकिले वातावरण प्रदुशन गरेपछि सहन नसक्ने गरी चेतनाको विकास भएको छ । तुरुन्ते उजुर गर्छन् । तिनलाई वडा कार्यालयको द्रुत गतिको सेवा बाट लाभ लिने गरेका छन् ।

टोलवासीले आफ्ना क्षेत्रहरु क्रमसः पुर्ण सरसफाइ युक्त बनाउदै लगेको वडा अध्यक्ष डागिले जानकारी दिनुभयो । उहाले विद्यालयहरुमा पनि गतिशिलता आएको र धेरै परिवर्तन भएको बताउनुभयो । अझै विकास र नमुना योग्य वडा बनाउने लक्ष्य राखेको अध्यक्ष डागिको भनाई छ । उहाले होटलको पानी र भान्सा सरसफाइ युक्त छ भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो । अस्पताल आफैमा सफा छन् । विद्यालय सफा सुन्दर र गतिला कुरा सिकाउने थलो बनेका छन् भन्ने देखाउनु वडाकार्यालयले दायित्व सम्झेको छ । तिनै क्षेत्रमा पत्रकारहरुको तर्फ बाट अनुगमन गरी वास्तविक तथ्य ल्याउन अध्यक्ष डागिले आग्रह गर्नुभएको छ । जस्ताको त्यस्तै अबस्था वडा कार्यालयमा आएपछि थप योजना बनाउने भनाई छ ।