इन्द्रेणी संवाददाता
दाङ, २४ फागुन । दाङमा विविध कार्यक्रमको आयोजना गरी १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । दिवस मूल समारोह समितिको आयोजनामा विहान घोराहीको सहिद गेटबाट ¥यालीको आयोजना गरिएको थियो । ¥यालीले घोराही बजार परिक्रममा गरी घोराही उपमहानगरपालिकाको हलमा आएका औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सभापति जीतेन्द्रमान नेपालीले महिला र पुरुषमा समानता ल्याउनका लागि सर्वप्रथम विभेदको अन्त्य गर्नुपर्ने आवश्यकता औल्याए । त्यस्तै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले हामीले भनिरहेको महिला परुषबीचको समानता र समान अधिकारको अनुभूति गराउन पहिले सोचमा परिवर्तन ल्याउनुपर्ने बताए । व्यक्ति, व्यक्ति हुँदै समाज र समाज समाज हुँदै मुलुकका सबै नागरिकको सोचमा परिवर्तन गर्न सकियो भने मात्रै हामीले परिकल्पना गरेको समानअधिकार स्थापति हुने उनको भनाइ थियो ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालय दाङकी प्रमुख विश्वमणि जोशी, जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एसपी दुर्गा सिंह ठकुरी, नेकपा एमालेका घोराही इञ्चार्ज विबेक श्रेष्ठ, नेपाली काग्रेस दाङकी कोषाध्यक्ष सावित्रा राना, नेकपा माओवादी केन्द्र दाङ पुनम शेपाईली, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला मानवअधिकार रक्षक सञ्जालकासचिव लक्ष्मी आचार्य, युएनएफपिए दाङका राम थापा, हुमा डिसी, पत्रकार बसन्धरा गौतमलगायतले आफ्ना विचार व्यक्त गरेका थिए ।
विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान
दिवसको अवसरमा घोराहीमा जुत्ता सिलाई काम गर्ने महिला जाली घर्ती, सहकारीका माध्यमबाट उत्कृष्ठ काम गर्ने देउखुरीका जखेराताल महिला बचत तथा ऋण सहकारी सस्था र सिद्ध चेतनामहिला बचत तथा ऋण सहकारी सस्थालाई सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक प्रहरी सेवा केन्द्रका माध्यमबाट समाज लागुपदार्थ दुव्यर्सन न्यूनिकरणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने महिला प्रहरी पवित्रा खड्का, महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनिय कार्य गर्ने महिला विकास कार्यालयका सहायक महिला विकास अधिकृत ईश्वरा रावत, जीवन डिसीलगायतलाई पनि सम्मान गरिएको थियो ।