तुलसीपुर २४ फागुन । नारी दिवसका अबशरमा तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । आज परेको १०८ औं नारी दिवसका अबशरमा तुलसीपुर उपमहानगरपालिकाले महिला हिंसा न्यूनिकरणका लागि सरोकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण , ग्रामिण तथा शहरी महिलाहरुको जीवन स्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ अन्त्ररक्रिया कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रमलाई प्रतिनिधिसभा सदस्य सुजिता साक्यले सम्बोधन गर्ने छन् ।
साथै तुलसीपुर उपमहानगरपालिकाले ‘हामी भन्छौं महिला पहिला , आसनमा, भाषणमा र शासनमा ’ अभियान उद्घाटन गर्ने भएको छ । सरकारले महिलाहरुलाई अधिकारयुक्त बनाएपनि ब्यबहारमा लागु हुन नसकेको भन्दै उक्त अभियान शुरुवात गर्न थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले बताईन् । साथै उक्त कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण सरोकारवाला निकाय, नागरिक समाज, नगरबासी, पत्रकार, समाजसेवा, बिभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिककर्मीलाई अनुरोध गरिएको छ ।
