Indrenionline.com

बालबिबाह न्युनीकरण गर्न सक्रिय बन्दै बालक्लब

दिपक बोहरा

तुलसीपुर । पश्चिम शान्तिनगर गाउँपालिकाको शिबशक्ति माबिमा गठिन बल क्लबले दुई वटा बाल विवहा रोक्न सफल भयो । गएको साउनमा सोही बिद्यालयमा पढ्ने दुई जना छात्राको पढ्दा पढ्दै सानै उमेरमा विवहा हुन लागेको थाहा पाएपछि क्लबका प्रतिनिधि विवहा हुन लागेको घरमा गए । घरमा पुगेर आमा वुवालाई सम्झाएपछि कक्षा ८ मा पढ्ने एक जना र ९ मा पढ्ने एक जना छात्राको विवहा रोक्न भए । त्यस्तै शान्तिनगर गाउपालिका ७ मा पर्ने माबि तुलसीपुरमा गठन गरिएको बाल क्लबले पनि एउटा बिवहा रोक्न सफल भयो ।

कक्षा ६ मा पढ्दा पढ्दै विवहा गर्न लागेको थाहा भएपछि बिद्यालयमा गढन भएको बाल क्लबले घरमै गएर विवहा रोक्न सफल भएको थियो । ति दुई क्लब जस्तै अहिले जिल्लाभरका बिद्यालयमा गठन गरिएका बाल क्लबले बाल विवहा न्यूनिकरणसंगै बालअधिकारका सवालमा आवाज उठाउदै आएका छन् । ‘हामीले पढ्दा पढ्दै हुँने गरेका बालविवहा रोक्दै आएका छौं’ माबि तुलसीपुरमा गठित बाल क्लबका अध्यक्ष जितेन्द्र केसीले भने ‘ साथै बालअधिकार हनन् भएमा आवाज पनि उठाउँदै आएका छौं ।’

उनले बिद्यार्थीको पढ्न पाउने अधिकारबाट कुनै पनि बालबालिकालाई बञ्चित नहोउन भनी भर्ना अभियानमा सहभागि हुँदै आएको समेत उनले बताए ।’ त्यतिमात्रै होईन्, बाल क्लबहरुले बिद्यालय वरपर जाँड रक्सी बेचबिखन, जुवातास, होहल्ला अन्त्य गर्न सफल भएका छन् । ‘केही समय पहिले बिद्यालय वरपर जाँड रक्सी खाने, जुवा तास खेल्ने गर्थै’ केसीले भने ‘तर क्लब गठन भएपछि हामीले त्यस्को अन्त्य गर्न सफल भएका छौं ।’

त्यतिमात्रै हाईन्, गाउँ गाउँमा बालश्रमीक राख्न, कम्लरी राख्ने प्रथाको अन्त्य गर्ने उदेश्यले सडक नाटक पर्दशन पनि गर्ने गरेका छन् । ‘पछिल्लो समय बालश्रमीक राख्ने क्रम बढ्दै गईरहेको छ ।’ शिबशक्ति माबिमा गठित बाल क्लबका प्रतिनिधि दिपशिखा चौधरीले भनिन्‘ त्यसको अन्त्यका लागि हामीले सडक नाटक पनि पर्दशन गरेका थियौं ।’ गाउ समाजमा बाल अधिकार संरक्षणका लागि पनि सचेतना दिदै आएको उनले बताईन् ।

बाल क्लब सक्रिय भएपछि बिद्यालयपनि बालमैत्री बन्न थालेको माबि तुलसीपुरका प्रधानाध्यापक मनोहर शर्माले बताए । साथै बिद्यालयमा क्लबको सक्रियतामा अतिरिक्त क्रियाकलाप हुने गरेको उनले बताए ।