इन्द्रेणी संवाददाता
दाङ, २२ फागुन । नागरिक समाज दाङका सल्लाहकारमा समाजका संस्थापक संयोजक नारायणप्रसाद शर्मा र निवर्तमान संयोजक टीकाराम रेग्मी चयन भएका छन् । समाजको आज घोराहीमा सम्पन्न बैठकले शर्मा र रेगमीलाई सल्लाहकारमा राख्ने निर्णय गरेको हो ।
त्यस्तै नागरिक समाजको कार्यसमितिको रिक्त पदमा सदस्य श्रीमन् न्यौपानेलाई चयन गर्ने, नयाँ सदस्यता सम्बन्धमा समाजको निर्देशिकाको दफा ६ बमोजिम नयाँ सदस्यता सिफारिस गर्न सचिव लक्ष्मी आचार्य, सदस्य हरिप्रसाद पाण्डेय र केवि मसाल रहेको समिति गठन गर्ने, नागरिक समाज दाङ संस्थागत रुपमा कुनै पनि संस्थाको सदस्य र सल्लाहकारमा बस्न नहुने तथा नबस्ने, नियमित बैठक प्रत्येक महिनाको सात गते दिउँसो १ बजे नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा बस्ने निर्णय गरेको बैठक पछि सचिव लक्ष्मी आचार्यद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा व्यापक छलफल गर्न दाङका सबै स्थानीय तहका प्रमुख उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखसहित केही दिनभित्र अन्तक्र्रिया गर्ने निर्णय पनि बैठकले गरेको छ ।