दाङ, २० फागुन । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका सामाजिक संघसस्थाहरुले ८ मार्च अर्थात अन्र्तराष्ट्रिय नारी दिवस दाङमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । सरोकारवाला निकायहरु विच आईतबार घोराहीमा बसेको बैठकले यहि फागुन २४ गते परेको अन्र्तराष्ट्रिय नारी दिवस मनाउने भएको हो ।
फागुन २४ गते ¥याली सहित भब्य कार्यक्रम गरेर नारी दिवस मनाउने बैठकले निर्णय गरेको छ । घोराहीको सहिद गेटबाट ¥याली सुरु गर्ने र घोराहीका विभिन्न चौकहरु परिक्रमा गरेर घोराही उपमहनगरपालिकाको सभाहलमा पुगेर कार्यक्रममा परिणत हुने भएको छ ।
कार्यक्रम विहान ७ बजे गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्रममा महिलाहरुको बर्तमान अबस्था विषयक कार्यपत्र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले प्रस्तुत गर्ने र विभिन्न क्षेत्रमा रहेका श्रमिक महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको महिला तथा बालबालिका कार्यालय प्रमुख विश्वमणि जोशीले जानकारी दिए ।
