फागुन १६ तुलसीपुर । तुलसीपुरका महिलाहरु गुडिया निर्माणको तालिम सिक्दै छ । परिवर्तन नागरिक सचेतना केन्द्रको आयोजनामा तुलसीपुर ६ सुन्दर टोलमा शुरु भएको गुडिया निर्माण तालिमा महिलाहरु सक्रिय सहभागि भएर महिलाहरुले गुडिया निर्माण तालिम सिकिरहेका छन् ।
कार्यक्रममा न्यायीक समितीका सदस्य जानुका रेग्मी, ज्ञानज्योती प्राविका प्रधानअध्यापक मेघराज घिमिरे, महिला मानव अधिकार रक्षक संजालका संयोजक सुष्मा गिरी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि वहादुर विक, शान्तीनगर टोल विकास संस्थाका अध्यक्ष राजकुमार विक, नगरस्तरीय महिला संजालको विमला शर्मा र पत्रकार तथा बालअधिकारकर्मी निरला अर्याल गैरेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तालिमको प्रशिक्षकमा बालिका खड्का रहेकी छिन् । तालिममा २० जना सहभागि रहेको आयोजकले जनाएको छ । तालिम १४ गतेबाट १९ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रमको सहजीकरण तेज कुमारी विकले गरेकी हुन् ।