इन्द्रेणी संवाददाता
तुलसीपुर, ९ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘तुलसी राजपत्र’ वनाउने भएको छ । विभिन्न ऐन कानुनहरु वनाउनका लागि आधार तय गर्नका लागि राजपत्र वनाउन लागिएको प्रवक्ता श्याम डाँगीले वताएका छन् । उनले २ साताभित्र राजपत्र वनिसक्ने पनि वताएका छन् ।
तुलसीपर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डको अध्यक्षतामा वसेको वैठकले नगरसभा सञ्चालन कार्यविधि संशोधन सहित पारित गरेको छ । पारित कार्यविधि अनुसार नगरसभालाई मर्यादित वनाउने कुराहरु उल्लेख गरिएको छ ।
वैठकले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा प्रधानमन्त्री केपी शर्मा वली, सातवटै प्रदेशका प्रदेश प्रमुख, मन्त्रीहरु, राष्ट्रिय सभा सदस्यहरुलाई वधाई ज्ञापन गरेको छ । जनताको अपेक्षा अनुसार काम गरेर मुलुकलाई समृद्धिको वाटोमा पुर्याउनका लागि पनि वैठकले आग्रह गरेको् छ ।