तुलसीपुर, ९ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ रझेनाका वासुदेव गौतम र उनकी श्रीमती दामा गौतमले रझेना स्थित वृद्धाश्रमका वृद्धहरुलाई भाडाकुडा, लत्ताकपडा र खाट सहयोग गरेका छन् ।
गौतम दम्पतीले सहयोग गरेपछि वृद्धाश्रममा बसिरहेका वृद्धहरु खुसी भएका छन् । यसैविच वासुदेव गौतमकै संयोजकत्वमा महायज्ञ सञ्चालक समिति समेत गठन गरिएको छ ।