इन्द्रेणी संवाददाता
घोराही, ८ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रदर्शनी २०७४ का छैठौ दिन आज मंगलवार मुलआयोजक समितिले निरिक्षण तथा अवलोकन गरेको छ ।
सो अवसरमा अल्लो धागोवाट उत्पादित सामाग्रीहरुको स्टल राखेकी महीला उद्यमी प्रेम कुमारी पुनले अरु वर्षको भन्दा यसवर्षको महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको बताएकी थिइन् ।
यस्तै अर्का उद्यमी ज्ञानप्रसाद चौधरीले महोत्सवले उत्पादित सामाग्री तथा स्थानीय उत्पादनले स्थान पाएकोमा खुशी व्यक्त गरे ।
महोत्सव निर्देशक ध्रुवराज श्रेष्ठले महोत्सको छैठौ दिनसम्म आइपुग्दा महोत्सवमा उत्साहजनक सहभागीता देखिएको वताउदै ५ लाख दर्शकलाई महोत्सवको अवलोकन गराउने र २० करोडको आर्थिक कारोवार सहजै रुपमा प्राप्त गर्न सकिने बताए ।