तुलसीपुर, ८ फागुन । तुलसीपुर उपमहानगरपालिकाले ६८ औ प्रजातन्त्र दिवस मनाएको छ । तुलसीपुरको विपि चोकमा ६८ वटा मैनवत्ति वाल्नुका साथै प्रजातन्त्र ल्याउन महत्वपूर्ण योगदान दिने शहिदको तस्विरमा माल्र्यापन गरेर मनाइएको हो ।
कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले प्रजातन्त्रको संस्थागत विकासको चरण पार भएर नेपाल अर्को चरणमा आएको वताएका थिए । उपप्रमुख माया आचार्यले कठिन संघर्ष र वलिदानले प्रजातन्त्र आएको वताउँदै जनताको अधिकार रक्षाका लागि सवैले ध्यान दिनुपर्ने वताइन् । कार्यक्रमको सहजिकरण प्रवक्ता श्याम डाँगीले गरेका थिए ।