उदय बीसी
दाङ, ८ फागुन । प्रदेश सभा ५ का सभामुख पूर्ण घर्ती ‘आयाम’ ले मुलुकमा गणतन्त्र स्थापना भएर संघीयता कार्यान्वयनको प्रक्रियामा अघि वढिरहेको भन्दै आफूले प्रदेश ५ मा दलित, वादी समुदायको उत्थान हुने नीति निर्माण र कानुन निर्माणमा प्रयास गर्ने बताएका छन् ।
कार्यक्रममा विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले समाजिक विवेधको अन्त्य गरी सबै वर्ग र समुदाय समान रुपमा अगाडि वढ्ने र सबैलाई अधिकार सम्पन्न गराउने वातावरण तयार गरिनुर्ने धारणा राखे ।
कार्यक्रममा वाढी समुदायका समस्या र चुनौतीका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्दै गोपाल नेपालीले जम्मा ३८ हजार वादी समुदायमा अहिले पनि ७५ प्रतिशत वादीहरु भोकभोकै मर्ने अवस्था रहेका जानकारी दिए । वादी समुदायमा अहिलेसम्म २५ प्रतिशतको मात्रै आफ्नो घर भएको उल्लेख गर्दै वाढी समुदायको पुर्नस्थापनाको समस्या जटिल रहेको कार्यपत्रमा समेटिएको छ । कार्यक्रम अघि जिल्ला ट्राफिक कार्यालयबाट शुरु भएको वादी महिलाहरुको ¥यालीले घोराही बजार परिक्रमा गरेको थियो । सितरा वादीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जनक नेपालीले गरेका थिए ।