Indrenionline.com

साढे दुईकरोड बढिको धनौरी खानेपानी आयोजना चालु

गोविन्द खड्का
घोराही, ८ फागुन । दुई करोड ५२ लाख, ८३ हजार सात सय ७८ रुपैया लगानीमा सम्पन्न धनौरी खानेपानी आयोेजनाको उद्घाटन गरीएको छ । करीब दुई बर्षको अवधिमा आयोजनाका सम्पुर्णकाम सम्पन्न भएको जनाईएको छ । सरकारी भन्दा छिटो समयमा, कम झन्जटका साथ पुरा भएको बताईएको छ ।

करीब पाँचसय घरधुरीले उपभोग गर्ने क्षमता रहेको धनौरी खानेपानी आयोजनाको विहिवार खानेपानी तथा ढलनिकास विभागका योजना शाखा प्रमुख सिनिएिर डिई अरुण कुमार सिंखडाले उद्घाटन गर्नुभएको हो । उक्त आयोजनामा नेपाल रेडक्रससोसाईटि सिईएचपि नेपागनजले एक करोड १८ लाख ५६ हजार ८५, श्रमदान वाफत ७३ लाख ९१ हजार सात सय ३० रुपैया, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको ५४ लाख, साविक जिविस बाट दुईलाख ४० हजार, साविक धनौरी गाविस बाट एक लाख ५० हजार र समुदायवाट एक प्रतिशतले जम्मा दुईलाख ४८ हजार नौ सय ५६ र लगानीमा निर्माण भएको समितिले जनाएको छ । स्थानिय थलराज खत्रीले दुई कठा जग्गा दिएर उभर हेड टकि लगाउतका संरचना बनाउने व्यवस्था गर्नुभएको छ ।

नियमित पानी खानका लागि सोलार प्रविधि उपयोग गर्न प्रमुख अतिथि सिंखडाले सुझाव दिनुभएको छ । त्यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । मरमत सम्भार र सुरक्षा योजनाको बजेट पालिकाहरुमा दिएका छौ प्रमुख अतिथि सिंखडाले भन्नुभयो, ठुला योजनाहरुमा लगानी गछौ । उहाले खानेपानीका लागि महशुलमा ७५ प्रतिशत डिमाण्डमा पुरै छुट गराउने पहल गरेको जानकारी दिनुभयो । छोटो समयमा योजना सम्पन्न गरेर नेपाल रेडक्रस सोसाईटि सिईएचपिले उदाहरणीय काम गरेको बताउनुभयो । सरकारले थोरै थोरै वजेट दिने, यर्याप्त कर्मचारी खटाउन नसक्ने कारण आयोजना ढिला सम्पन्न हुने गरेको स्विकार्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल रेडक्रस सोसाईटिका कार्यवाहक अध्यक्ष अजित कुमार शर्माले पानीको आपद परेको ठाउमा आयोजना लागु गरेको बताउनुभयो । ‘जहा समस्या त्यहा रेडक्रस हुन्छ’ शर्माले भन्नुभयो, ‘सबै भन्दा लगानी दाङमा गरेका छौ अझै समस्या छभने सकेजति लगानी गर्ने छौ ।’ उहाले अभाव, बाढि पहिरो, महामारी जहाछ त्यहा उपस्थिति जनाउने बताउनुभयो । विषम परिस्थितिमा ठुला योजना सम्पन्न गरेको भन्दै शान्तिनगर गाउपालिका अध्यक्ष कमान सिं डागिले रेडक्रसको स्रहाना गर्नुभएको थियो । ‘करोडका योजना सम्पन्न गर्ने औकात हामि संग छैन’ विशिष्ट अतिथि अध्यक्ष डागिले भन्नुभयो, ‘हामि हातेमालो गर्न विश्वस्त दिलाउदै यस्तै खालका अरु योजना ल्याउन अनुरोध गर्दछु ।’ उहाले जनप्रतिनिधि नभएको विषम परिस्थितिमा छिटो पारदर्शि ढंगले ठुला आयोजना सम्पन्न गरेको बताउनुभयो ।

पचास प्रतिशतले मात्रै व्यवस्थित पानी खानपाएको भन्दै सबैलाई पानी खुवाउन हातेमालो गरीने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख चोक प्रसाद धितालको भनाई थियो । अझै पनि २५ प्रतिशतले खोला, कुवा, कुला, पोखरी लगाएतको असुरक्षित पानी खाने गरेको जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपानेको भनाई थियो । दुःखमा उपस्थित हुने रेडक्रसले आवश्यकता महसुस भएको ठाउमा लगानी गरेको र रेडक्रसका केन्द्रिय सदस्य एवं सिईएचपिका संयोजक तिलक मल्ल, जिल्ला सभापति नारायण आचार्य लगाएतको भनाई थियो ।

पानी नपाएर काकाकुल भएका वासिन्दालाई भगवान सरी पानी खुवाएको भन्दै बक्ताहरुले रेडक्रसको प्रसंसा गरेका थिए । एक घर एक धारा भन्ने तर बजेट नदिने राज्यको निति खराव रहेको खानेपानी सन्जालका संयोजक एवं तुलसीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष खेमराज वलिको भनाई थियो । रोग र फोहर बाट ग्रस्तलाई सेवा गरेको भन्दै श्रीगाउ“ खानेपानीका अध्यक्ष धर्मनाथ योगिको भनाई थियो । समितिका अध्यक्ष गिरीराज वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार रत्नबहादुर भण्डारी र सहजीकरण सचिव टेक बहादुर पाण्डेयले गर्नुभएको थियो । आयोजना सम्पन्न गर्न योगदान दिएका व्यक्ति र संस्थालाई प्रशंसा पत्रले सम्मान गरीएको थियो ।