गोविन्द खड्का
घोराही, ६ फागुन । नेपाल विउ व्यवसायी संघ ५ नम्बर प्रदेशको प्रथम भेला घोराहीमा सम्पन्न भएको छ । संघका केन्द्रीय सदस्य एकनारण पौडेलको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष लक्ष्मीकान्त ढकालको प्रमुख आतिथ्यमा भएको थियो । भेलाले विद्यान पारित गर्दै नयाँ समिति चयन गरेको छ ।
राम्रो विउ राम्रो थलोमा भयो भने त्यसले सम्पन्न बनाउने राष्टिय विउ उत्पादक संघका उपाध्यक्ष सुवास उपाध्यायको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथि उपाध्यायले जरा, डाठ, पात हागा सम्पुर्ण चिज अदृश्य रुपमा रहने विउलाई उचित संरक्षण गर्नुपर्ने बताए । ‘कृषिमा गएको बजेट अन्त खर्च भएको छ’ उपाध्यायले भने, ‘यस्तै स्थिति रहे देशले भोकमरीको समस्या व्यहोर्नुपर्छ ।’
उनले भुखण्डिकरण तुरुन्तै रोक्नुपर्ने, चक्लावन्दि गर्नुपर्ने मिसावट, सिंचाई लगाएतका समस्या हटाउन उचिव व्यवस्था स्थानिय सरकाले गर्नुपर्ने सुझाव दिए । त्यस्तै घोराही उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख भरतमणी पोख्रेलले बताए ।
प्रदेश स्तरको कार्यक्रम गरेको भन्दै कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य संघ ५ नम्बर प्रदेश उपाध्यक्ष एवं संघका दाङ जिल्ला निवर्तमान अध्यक्ष हेमराज बन्जाडेले आयोजक प्रति आभार प्रकट गरे ।