दाङ, ६ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका पिता टेकवहादुर पाण्डेको १३ औ दिनको पुण्यतिथिमा स्मृति सभा सम्पन्न गरिएको छ ।
एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य एवम् कार्यक्रममा प्रमुख अतिथि शोभाराम वस्नेतले इमान्दारिताका साथमा निर्वाचित पदाधिकारीहरुले काम गर्नुपर्ने वताउदै नैतिकता विर्सेर राजनीति गर्न नहुने वताएका थिए । उनले स्वर्गीय पाण्डेले इमान्दारिता जोगाएर कठिन परिस्थितिमा पनि विचलित नभएको समेत उल्लेख गरेका थिए ।