गोविन्द खड्का
घोराही, ५ फागुन । दुई करोड ५२ लाख, ८३ हजार सात सय ७८ रुपैया“ लगानीमा सम्पन्न धनौरी खानेपानी आयोेजनाको उद्घाटन गरीएको छ ।
करीब पा“चसय घरधुरीले उपभोग गर्ने क्षमता रहेको धनौरी खानेपानी आयोजनाको विहिवार खानेपानी तथा ढलनिकास विभागका योजना शाखा प्रमुख सिनिएिर डिई अरुण कुमार सिंखडाले उद्घाटन गरेका हुन् ।
आयोजनामा नेपाल रेडक्रससोसाईटि सिईएचपि नेपागनजले एक करोड १८ लाख ५६ हजार ८५, श्रमदान वाफत ७३ लाख ९१ हजार सात सय ३० रुपैया, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको ५४ लाख, साविक जिविस बाट दुई लाख ४० हजार, साविक धनौरी गाविस बाट एक लाख ५० हजार र समुदायवाट एक प्रतिशतले जम्मा दुईलाख ४८ हजार नौ सय ५६ र लगानीमा निर्माण भएको समितिले जनाएको छ । स्थानिय थलराज खत्रीले दुई कठा जग्गा दिएर उभर हेड टङकी लगायतका संरचना बनाउने व्यवस्था गरेका छन् ।
नियमित पानी खानका लागि सोलार प्रविधि उपयोग गर्न प्रमुख अतिथि सिंखडाले सुझाव दिनुभएको छ । त्यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । मरमत सम्भार र सुरक्षा योजनाको बजेट पालिकाहरुमा दिएका छौ प्रमुख अतिथि सिंखडाले भन्नुभयो, ठुला योजनाहरुमा लगानी गछौ ।
उनले खानेपानीका लागि महशुलमा ७५ प्रतिशत डिमाण्डमा पुरै छुट गराउने पहल गरेको जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल रेडक्रस सोसाईटिका कार्यवाहक अध्यक्ष अजित कुमार शर्माले पानीको आपद परेको ठाउमा आयोजना लागु गरेको बताए ।