शरद रेग्मी
दाङ, ३ फागुन । राप्ती अञ्चलमा सबैभन्दा पुरानो सार्वजनिक यातायात व्यवसायी समितिको अधिवेशन यहि फागुणको अन्तिम साता हुने भएको छ ।
अधिवेशनलाई उद्घाटन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वातिच केन्द्रिंय अध्यक्ष योगेन्द्र कर्माचार्य दाङ आउने कार्यक्रम रहेको समितिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।
अधिवेशनका क्रममा वर्तमान कार्यसमितिलाई विभिन्न क्षेत्रबाट योगदान गर्नुहुने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष सुरेश हमालले बताए । अध्यक्ष हमालका अनुसार अधिवेशन संगै यस क्षेत्रका विभिन्न यातायात समितिका विचमा कार्यगत एकताले समेत पुर्णता पाउने छ ।