इन्द्रेणी संवाददाता
दाङ, ३ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि घोराहीमा शुरु भएको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय कृषि प्रर्दशनी मेला–२०७४ को उद्घाटन भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा विशिष्ठ अतिथि नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले महोत्सवले दाङको स्थानीय उत्पादनलाई प्रोत्सान गर्नुका साथै यस क्षेत्रका आर्थिक तथा पर्यटकिय विकासलगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ले उल्लेख गर्दै महोत्सव सफलताको शुभकामना दिए
महोत्सव मूल आयोजक समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महोत्सव उद्घाटन अघि शोभायात्रा निकालिएको थियो । शोभायात्रामा विभिन्न संस्कृति झल्कने झाँकी समेत रहेका थिए । फागुन १३ गतेसम्म चल्ने महोत्सवमा विभिन्न २ सय १९ स्टलहरु रहेका छन् ।