घोराही, २ फागुन । दाङको घोराहीमा आयोजना गरिएको व्यापारिक महोत्सवलाई घोराही उपमहानगरपालिकाले ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा फागुन ३ गते देखी आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ लाई सहयोग माग भए बमोजिम उपमहानगरको कार्यपालिका बैठकले ५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले उपमहानगरको सेवा प्रवाहलाई सरल एवं आम नागरिकको पहुँचयोग्य बनाउन घर नक्सा पास र बालमैत्री स्थानीय शासन संचालन कार्यविधी पारित भएको छ ।
समितिको सदस्यहरुमा वडा नम्बर ५, १०, १४, १५, १६ र १८ का अध्यक्ष, कार्यपालिका सदस्य धनबहादुर कुसुन्डा र सामान्य प्रशासन महाशाखाका प्रमुख सदस्य सचिब रहनुभएको छ । त्यसैगरी, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालबाट पेश भएको प्रदेश स्तरीय महिला मंचको सम्मेलन तुलसीपुरमा आयोजना गर्नका लागि सहयोग माग भए बमोजिम एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत भएको छ ।
त्यसैगरि उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापनको लागि सम्वन्धित टोल विकास संस्थाको स्वामित्व, रेखदेख र नियन्त्रणमा रहने गरि खरिद मूल्यको १० प्रतिशत लागत सहभागितामा वितरण गर्ने निर्णय भएको प्रबक्ता अर्यालले बताउनुभयो । यसैगरि घोराही उपमहानगरपालिका हाल वडा नं. १,२,३,४,५,६,७,१९ र ८,९,१०,११,१२ का घर नक्सापास तथा अभिलेखिकरण दस्तुर लिई आगामी नगर सभाबाट अनुमोदन गराउने निर्णय भएको छ ।
यस्तै बसपार्क खानेपानी योजनाको टंकी निर्माणका लागि १० लाख विनियोजन भएको र नयाँ बसपार्क खानेपानी तथा सरसफाई समितिको माग अनुसार उक्त टंकी निर्माणका लागि घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय कम्पाउण्ड भित्रको जग्गा टंकी निर्माणका लागि माग गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरि उपमहानगरपालिकाको क्षेत्र भित्र नेश्नल ट्रेडिंङ लिमिटेडको स्वामित्वमा रहेको जग्गा खोजी गरि प्रतिवेदन पेश गर्न ३ सदस्यीय समिति गठन भएको छ ।
जस्को जिम्मेवारी वडा नम्बर १३ का सदस्य हरी घर्ती, १५ का सदस्य सनत श्रेष्ठ र १८ का सदस्य बुद्धिप्रकाश चौधरी रहनुभएको छ । साथै बैठकले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनस्याम पाण्डेका बुवा टेकबहादुर पाण्डेको निधन प्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समबेदन व्यक्त गरेको छ ।