Indrenionline.com

भोलीबाट दाङ महोत्सव ,आज पत्रकार सम्मेलन गर्ने

इन्द्रेणी संवाददाता
दाङ २ फागुन । भोली देखी दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को सम्पूर्ण तयारीका वारेमा आयोजक समीतीले आज वेलुकी पत्रकार सम्मलेन गर्ने भएको छ।

उपराष्ट्रपति नन्द वहादुर पुनले उदघाटन गर्ने महोत्सवको तयारीका वारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइने महोत्सव मुल आयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनुभएको छ।

महोत्सवको अवलोकनका लागी विद्यार्थीहरुलाइ ३० रुपैया , अन्य व्यक्तीहरुका लागी ५० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ। यसपटक महोत्सवमा ४०० रुपैयाको टिकटको समेत व्यवस्था गरिएको महोत्सव मुलआयोजक समतिीले जनाएको छ। उक्त रकमको टिकट लिने व्यक्तीलाइ विशेष प्रकारको पासको व्यवस्था गरिने र उक्त पासले महोत्सव अवधिभर महोत्सवको अवलोकन गर्न पाइने व्यवस्था समेत गरिएको छ।

यसैविच महोत्वका लागी नेपालकी सवैभन्दा होची महीला २४ वर्षीय इश्वरी माया छिनाल समेत महोत्सव स्थलमा आइपुगेकी छन । महोत्सव यस पटकयस वर्षको महोत्सवको नारा उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ भव्य रुपमा सफल पारौ रहेको छ।