इन्द्रेणी संवाददाता
दाङ, २ फागुन । पश्चिम दाङमा २ करोड वढीको कृषि फर्म सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारामा निर्माण गरिएको शिवमाया बहुउदेश्यीय कृषि फर्मको उद्घाटन साना नथा मझौला कृषि आयस्तर बृद्धि आयोजनाका निर्देशक गोकर्णराज अर्यालले गरे ।
फर्मले आज मंगलवारदेखि औपचारिक रुपमा आफ्नो उत्पादन थाल्ने सञ्चालक कमलापुरीले जानकारी दिए । उत्पादित वस्तु जिल्लाका बजारसहित देशभरी बजारिकरण गर्ने बताइएको छ ।