दाङ, २९ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिना र फुर्सेखालीको सिमानामा निर्माण गरिएको त्रिमुर्ति नागेश्वर मन्दिरको उद्घाटन गरिएको छ ।
मन्दिर निर्माण समितिको अध्यक्ष खड्गबहादुर विष्टको अध्यक्षता एवं कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भएको कार्यक्रममा बोल्दै डाँगीले हिन्दु सनातन धर्मको रक्षाकालागि सबै एक भएर लाग्न अनुरोध गरे ।
नाग देवीएपछि स्थानीयबासीले करिब ३ लाखको लगानीमा २ वटा मन्दिर निर्माण गरिएको हो ।