इन्द्रेणी समाचारदाता
दाङ, २८ माघ । ग्रामीण क्षेत्रका महिला सशक्तिकरणका लागि वंगालाचसली गाउँपालिका वडा नम्बर २ कुरुङडेडामा महिलाहरुका लागि अनुशिक्षण तालिम सम्पन्न भएको छ ।
वडा अध्यक्ष मेघबहादुर रानाको अध्यक्षता तथा गाउँपालिकाका उपप्रमुख यमुना घर्तीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षकहरु प्रशासकिय प्रमुख चन्द्रकान्त पौडेल, महिला सहायक महिला विकास निरिक्षक पार्वती राना र कमिरेचौर स्वास्थ्य केन्द्रका इन्द्रा घर्तीले महिला समूह भनेको के हो ?, किन आवश्यक छ ?, वचत भनेको के हो ?, प्रजनन् स्वास्थ्य भनेको के हो ?, महिलालाई नेतृत्व विकास र व्यवसायिक कसरी बनाउन सकिन्छ भन्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए । अनुशिक्षण तालिम माघ २६, २७ र २८ गते सञ्चालन भएको थियो ।