Indrenionline.com

गाँउटोल पुग्दै लागु औधष विरुद्धको ‘सिधा कारबाही’

दाङ, २८ माघ । लागु औषध विरुद्धको सचेतना अभियान गाँउ तथा टोल केन्द्रित भएको छ । गृह मन्त्रालयको लागु औषध नियन्त्रण (सिधा कारबाही) कार्यक्रम अन्तरत जिल्ला, नगर तथा ईलाका, चौकीहरुमार्फत समिति गठन गरेर यो अभियानलाई तीव्र पारिएको छ । विशेष गरि बजार क्षेत्रमा समस्याको रुपमा रहेको लागु औषध दुव्यर्सनलाई नियन्त्रण गर्नकालागि सुरु गरिएको सिधा कारवाही कार्यक्रम गाँउ तथा टोलहरुमा पुग्ने गरेको छ ।

यसैक्रममा नगर स्तरिय लागु औषध नियन्त्रण समितिको आयोजनामा शनिवार घोराहीमा लागु औषध नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रम भएको छ । समितिले घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा एक औपचारिक कार्यक्रमको आयोजना गरि टोलबासीहरुलाई सचेत बनाएको छ । वडा प्रहरी कार्यालय दाङले हालै गठन गरेको नगर स्तरिय समितिको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अभिभावक सचेत भएमा मात्र सन्तानहरुलाई सही मार्ग दर्शन गर्न सकिने बताएका थिए । उनीहरुले पछिल्लो समय अभिभावकहरु छोराछोरीप्रति जिम्मेवार नहुँदा उनीहरु क्ुलतमा फस्ने गरेको बताएका थिए । यस तर्फ सचेत हुन आवश्यक रहेको पनि उनीहरुको भनाइ छ ।
न्यू निर्जनशील टोल विकास संस्थाका अध्यक्ष शेरजन विकको अध्यक्षता वडा प्रहरी कार्यालय घोराहीका प्मुख प्रहरी निरिक्षक रञ्जन अवाको प्रमुख आतिथ्य एवं नेपाल पत्रकार महासघ दाङका कोषाध्यक्ष आर.के.शीतलको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा लागु औषध, यसबाट बच्ने उपाय, लागु औषध नियन्त्रणमा अभिभावकको भूमीका लगायतका विषयमा वडा प्रहरी प्रमुख अवाले जानकारी गराए ।

कार्यक्रममा सहभागि न्यू सिर्जनशील टोल विकास संस्था, सिर्जनशील टोल विकास संस्था, एकताटोल विकास संस्था, जानकी टोल विकास संस्थाका पदाधिकारी एवं सम्पूर्ण अभिभावकहरुले लागु औषध नियन्त्रणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा पुर्व लागु औषध प्रयोगकर्ता एवं सुधार केन्द्र सञ्चालक नयाँ जीवन पुनस्र्थापना केन्द्रका विशाल शाह र मार्गदर्शन पुनस्र्थापनाका विशाल तिमल्शीनाले आफूहरु दुव्यर्सनमा रहदादेखी हालसम्मका अनुभव सुनाउदै लागु औषध विरुद्ध सचेत बनाएका थिए ।