इन्द्रेणी संवाददाता
घोराही, २६ माघ । दाङका प्रतिष्ठित ब्यवसायी वलिभद्र राणा नेपाल निर्माण ब्यवसायी महासंघको प्रदेश ५ को बरीष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । नेपाल निर्माण ब्यवसायी महासंघ प्रदेश नम्बर ५ को हालै बुटवलमा सम्पन्न भेलाले राणालाई सर्वसम्मतरुपमा महासंघको प्रदेश ५ को बरीष्ठ उपाध्यक्षमा चयन गरेको हो । राना दाङ निर्माण ब्यवसायी संघका अध्यक्षसमेत हुनुहुन्छ ।