दाङ, २५ माघ । अध्ययन अवलोकन भ्रमणमा आएको सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन २ काठमाडौको टोलीलाई दाङमा स्वागत गरिएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र दाङले विहीवार विहान घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी भ्रमण टोलीलाई स्वागत गरेको हो ।
अध्ययन टोलीको तर्फबाट सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन २ काठमाडौका महासचिव प्रेम लो लामाले जानकारी दिए । सो अवसरमा आगमी दिनमा कार्यक्रम गर्दा सहकार्य र समन्वयका साथ अगाडी बढ्ने विषयमा पनि छलफल भएको थियो ।
सामुदायीक प्रहरी सेवा केन्द्र दाङका उपाध्यक्ष कृष्णा रानाको अध्यक्षता एवं सामुदायीक प्रहरी सेवा केन्द्र नागार्जुन २ काठमाडौका अध्यक्ष प्रताप दानीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामुदायीक सेवा केन्द्र दाङका सहसचिव कुलबहादुर घर्तिले स्वागत गरेका थिए ।